१० साउन २०८३, आइतबार

आपसी सदभाव कायम गरी होली मनाउन अध्यक्ष तिमिल्सिनाको आग्रह

फागुन २२, २०७९
आपसी सदभाव कायम गरी होली मनाउन अध्यक्ष तिमिल्सिनाको आग्रह

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आपसी सदभाव र मित्रता कायमगरी अनुशासित तरिकाले होली पर्व मनाउन आग्रह गर्दै पर्वको अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् । पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सो शुभकामना व्यक्त गरेका हुन् । 

“रङ्गीन पर्व फागु पुर्णिमा अर्थात् रंगहरुको उत्सव होली २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरुमा सु–स्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु” शुभकामना सन्देशमा उल्लेख छ ।

यस वर्ष फागुन २२ गते पहाडमा र २३ गते तराईमा मिथिला परिक्रमा अन्तर्गत भक्तजनहरु पुर्णिमाको दिन मिथिला परिक्रमा सकेर जनकपुर आइपुग्ने भएकाले एक दिन विश्राम गरेर भोलिपल्ट सद्भावको रुपमा मनाइने यस पर्वले समाजमा विद्यमान आपसी भाइचारा र सद्भावलाई थप बलियो बनाउने विश्वास उनले व्यक्त गरेका छन् । 

संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त धर्मनिरपेक्ष राष्ट्रको रुपमा व्यवस्था गरेको चर्चा गर्दै उनले हाम्रा मौलिक धर्म सस्कृति तथा परम्पराहरु राज्यका सम्पती भएको चर्चा गरेका छन् । यस्ता परम्परा तथा चाडपर्वको संरक्षण र सम्बर्धन गर्न राज्यले विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।

पछिल्ला दिनमा विभिन्न नसालु पदार्थ सेवन गरी अराजक शैलीमा हानिकारक रंगहरु मिसाएर अर्कालाई दुख दिने, बाटोमा हिडिरहेका बटुवामा बिना अनुमति र चाह लोला हान्ने प्रवृतिले यस पर्वमा धेरैको रमाइलो गर्ने, खेल्ने र मनाउने उत्साहमा कमी भएको उनले बताएका छन् । उछृङखल काम कसैलाई नगर्न पनि अध्यक्ष तिमिल्सिनाले अनुरोध गरेका छन् । 

वसन्त ऋतुको आगमनसँगै रङ्गीन उमङ्गसहित हाम्रो घरआँगनमा आएको यस पर्वमा ठूलो हुल, भिडभाड र तडकभडक नगरी अनुशासित र मर्यादित भई भयरहित ढङ्गले आपसी सद्भाव कायम राखी मितव्ययी रुपमा पारिवारिक वातावरणमा मनाउन उनको अनुरोध छ । 

salt training

कमेन्ट गर्नुहोस्