०७ असार २०८३, आइतबार

धनकुटा प्रहरीद्वारा पाँच किलो गाँजा बरामद

फागुन २२, २०७९
धनकुटा प्रहरीद्वारा पाँच किलो गाँजा बरामद

धनकुटा नगरपालिका –९ मुलघाटबाट अवैध लागूऔषध करिब ५ किलोग्राम गाँजा आइतबार प्रहरीले बरामद गरेको छ । 

प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले गस्ती जानेक्रममा सोही ठाउँस्थित बाटो छेउको झाडीमा रहेको झोलामा सो गाँजा फेला पारी बरामद गरेको हो । त्यसबारेमा थप अनुसन्धान भइरहेको धनकुटा प्रहरीले जनाएको छ । 

कमेन्ट गर्नुहोस्