स्थानीय पोखरीमा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागी एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रोहिणी गाउँपालिका –३ रामनगरस्थित माछा पोखरीमा मोटरबाट पानी निकाली माछा मार्नेक्रममा करेन्ट लागेर सिद्धार्थनगर नगरपालिका –६ बस्ने ६० वर्षीय राधे कहारको आइतबार दिउँसो मृत्यु भएको हो ।
करेन्ट लागेर बेहोस भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।