१० साउन २०८३, आइतबार
नेपाल भर्सेस यूएई

नेपालद्वारा यूएईसामु २३० रनको चुनौती

फागुन २२, २०७९
नेपालद्वारा यूएईसामु २३० रनको चुनौती

आईसीसी क्रिकेट विश्वकप 'लिग टु'अन्तर्गत सिरिजको अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले यूएईलाई २३० रनको लक्ष्य दिएको छ। 

पूरा ओभर खेल्दै नेपालले ८ विकेटको क्षतिमा २२९ रन बनाएको हो। 

नेपालका लागि भीम सार्कीले सर्वाधिक ७० रन बनाए।  एकपछि अर्को गर्दै लगातार नेपालका ब्याटरहरू आउट हुँदै गएपछि सन्दीपले भीम सार्कीसँग मिलेर ६४ रनको साझेदारी गरे। यस क्रममा उनले एक चौका पनि हिर्काए। 

आरिफ शेखले ४३ रन बनाए। त्यस्तै सन्दीप लामिछानेले २७ तथा कुशल मल्लले ३२ रन बनाए। 

अन्य ब्याटरहरू खासै चल्न सकेनन्। 

७० रन बनाउँदा ५ विकेट गुमाइसकेको नेपालको इनिङ सार्की र लामिछानेको साझेदारीले उकासेको हो।  

आज नेपालले अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल र आशिफ शेखलाई ओपनिङमा खेलाएको थियो। तर उनीहरूको जोडी खासै राम्रो जमेन। 

आशिफ १४ बलमा ६ रन तथा ज्ञानेन्द्र २६ बलमा ११ रन बनाएर आउट भएका हुन्। 

आज नेपालका कप्तान रोहित पौडेल मात्र १ रन बनाएर आउट भए। 

salt training

कमेन्ट गर्नुहोस्