२५ असार २०८३, बिहीबार

जसले बेचे आफ्नै श्रीमती, यसरी खुल्यो पोल

कात्तिक २०, २०७४
जसले बेचे आफ्नै श्रीमती, यसरी खुल्यो पोल
चरिकोट, १० भदौ - आफ्नै श्रीमती र एक १७ वर्षीय बालिका भारत लगेर बेच्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।jail

सत्र वर्षीय किशोरीलाई भारतको दिल्लीमा रहेको वेश्यालयमा बेचेर दुई लाख १६ हजार लिने एक युवकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा निरकुमारले आफ्नी जेठी श्रीमती गोमा परियारलाई पनि गाउँका काका नाता पर्ने दुईजनाको सहयोगमा सोही स्थानमा बिक्री गरेको स्वीकार गरेका छन् ।

दोलखाको बैतेश्वर गाउँपालिका–६ नाम्दुकी एक महिलालाई ललाइफकाइ भारतको नयाँदिल्ली पु¥याएर बेचेको आरोपमा जिल्ला प्रहरी कार्यालय दोलखाले नुवाकोट जिल्ला खरानीटार–५ का निरकुमार नेपालीलाई पक्राउ गरेको हो । पक्राउपछि नेपालीलाई सोधपुछ गर्दा आफूले हालसम्म दुईजना महिलालाई बेचिसकेको स्वीकार गरेको प्रहरीको भनाइ छ ।

ती महिलालाई निरकुमारले बिहे गरेर राम्रोसँग काठमाडौँमा राख्ने र भविष्य राम्रो बनाइदिने भन्दै ललाइफकाइ दिल्ली पु¥याएर दिल्लीस्थित मजनुकातिला भन्ने स्थानमा बस्ने नेपाली भाषी लक्ष्मी तामाङसँग भारु एक लाख ३५ हजारमा बिक्री गरेको उनले बयान दिएको प्रहरीले बताएको छ ।

बालिकालाई प्रलोभनमा पारी दिदी नाता पर्ने सोही गाउँकी सीता नेपालीको सहयोगमा बिक्री गर्न गाउँबाट लगेको र परिवारका आफन्तले २०७३ जेठ २० गते प्रहरीसमक्ष जाहेरी दिएपछि सीता नेपालीलाई प्रहरीले पक्राउ गरेको थियो भने निरकुमार फरार थिए ।

सीतालाई हाल दोलखा जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको छ । निरकुमारलाई शुक्रबार प्रहरीले काठमाडाँैस्थित महाराजगन्जबाट प्रक्राउ गरी दोलखा ल्याएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्