१७ असार २०८३, बुधबार

आवासीय भवनमा मेडिकल कलेज

कात्तिक २०, २०७४
आवासीय भवनमा मेडिकल कलेज
काठमाडौँ, ११ भदौ- राजधानीको घट्टेकुलोस्थित घनाबस्तीबीच आवासीय प्रयोजनका लागि बनाइएको अपार्टमेन्टमै मेडिकल कलेज सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले अनुमति दिएको खुलासा भएको छ । कानुनअनुसार आवासीय प्रयोजनका लागि बनाइएको भवनमा अस्पताल सञ्चालन गर्न पाइँदैन ।अाजकाे कान्तिपुरमा खबर छापिएकाे छ।
national medical
काठमाडौं नेसनल मेडिकल कलेज सञ्चालन गर्न त्रिविले सम्बन्धन दिएको उक्त अपार्टमेन्ट इन्टरनेसनल हाउजिङले आवासीय भवनका रूपमा २०६८ जेठ ३० मा काठमाडौं महानगरपालिकाबाट नक्सा पास भएको छ । फ्रेम स्ट्रक्चर मोडलमा नौ तला निर्माण गरी अपार्टमेन्टले महानगरबाट नक्सा पास गरेको हो । २ रोपनी १० आना १ पैसा ३ दाममा बनेको उक्त भवन काठमाडौं नेसनल मेडिकल कलेजले ५ करोड ७० लाख ५८ हजार ९ सय ७० रुपैयाँमा खरिद गरेको हो ।

ठूलो संख्यामा बिरामीको उपचार गर्नुपर्ने, आपतकालीन अवस्थामा समेत सेवा दिनुपर्ने भएकाले आवासीय भवनको तुलनामा ठूला अस्पतालमा थप सुरक्षा मापदण्ड अपनाइएको हुन्छ । तर काठमाडौं नेसनलको भवनमा यस्तो मापदण्ड पुग्दैन । आकस्मिक अवस्थामा भवनबाहिर टेन्ट बनाएर उपचार गर्ने खाली जग्गासमेत छैन । पर्याप्त पार्किङसमेत छैन ।

salt training

कमेन्ट गर्नुहोस्