काठमाडौँ, ११ भदौ- उत्तरी छिमेकी देश चीनको स्वशासित क्षेत्र ताक्लाकोटमा नेपाली ‘फुरु’को व्यापार बढ्दै गएको छ । हिमाली क्षेत्रमा पाइने तिल्याइलो र पागरको रुखमा हुने गाँठोबाट बनाइएको काठको भाँडा फुरु तिब्बतमा उडन कपका नामले चिनिन्छ ।
नेपालका विभिन्न जंगलमा पाइने यो काठबाट आफै भाँडा निर्माण गर्नु हुम्ला र बझाङका तामाङ जातीको पुख्र्याैली पेशा पनि हो । तिब्बतीहरूको जन्म, मृत्यु, विवाहदेखि विभिन्न शुभ कार्यमा शोख र शानको प्रतीकका रूपमा लिइने फुरुको व्यापार गर्न हुम्ला र बझाङका २० भन्दा बढी व्यापारीहरूले ताक्लाकोटमा पसल नै खोलेका छन् । अाजकाे काराेबारमा खबर छापिएकाे छ।