
जिल्ला प्रहरी कार्यालय झापाले प्रतिवन्धि लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार विर्तामोड नगरपालिका २ बस्ने २० वर्षीय विश्वास संग्रौलाको कोठामा उनीसहित सोही ठाउँ बस्ने २० वर्षीय अभिषेक शर्मा, अनिशा मण्डल पक्राउ परेका हुन् ।
गोप्य सूचनाका आधारमा लागूऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रतिवन्धित लागूऔषध ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थ ८ ग्राम, नगद ११ हजार ६ सय, मोबाइल २ थान, डिजिटल तराजु १ थान फेला परेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको रिजालले बताए ।