२३ जेठ २०८३, शनिबार

पटक पटक नयाँ प्रयोग थाप्न सकिँदैन, त्यो क्षमता नेपालसँग छैन- राष्ट्रपति पौडेल

फागुन २६, २०७९
पटक पटक नयाँ प्रयोग थाप्न सकिँदैन, त्यो क्षमता नेपालसँग छैन- राष्ट्रपति पौडेल
फाइल तस्वीर

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनताको अधिकारमाथि खेलवाड गर्नु नहुने बताएका छन्। 

राष्ट्रपतिमा निर्वाचित भएपछि शुक्रवार बीपी संग्रहालय सुन्दरीजल पुगी पूर्वप्रधानमन्त्री स्व.विश्वेश्वरप्रसाद कोइरालाको शालिकमा उनले माल्यार्पण गरे। 

राष्ट्रपति पौडेलले देशलाई नयाँ दिशा दिनु आजको आवश्यकता भएकाले त्यसलाई पूरा गर्ने आफ्नो कर्तव्य भएको पनि सञ्चारकर्मीसँग बताए।

उनले देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रिक व्यवस्थालाई जगेर्ना गर्न आवश्यक रहेको पनि बताए। 

समावेशी लोकतन्त्रिक व्यवस्थालाई चिरस्थायी बनाउँदै समसामयिक सुधार गर्नुपर्नेमा उनले जोड दिए।

राष्ट्रपति पौडेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै जनताको निराशालाई आशामा परिणत गर्ने उनले प्रतिबद्धता जनाए। 

'देशले पटक पटकको नयाँ नयाँ प्रयोग थाप्न सक्दैन र त्यो क्षमता नेपालसँग छैन । राष्ट्रलाई उन्नति गर्ने समय चाहिन्छ । राजनीतिक स्थायित्व चाहिन्छ । जनताको हातमा आएको अधिकारलाई सुरक्षित गरेर राष्ट्र निर्माण गर्ने अवसर चाहिन्छ । लोकतन्त्रको लागि सहादत हुने सम्पूर्ण नेताहरुप्रति श्रद्धा भक्ती व्यक्त गर्दै उहाँहरूको सपना साकार पार्ने प्रण गर्छु', उनले भने। 

राष्ट्रपति पौडेलले देशले सुशासन खोजेको भन्दै सबैले त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

​उनले संग्रहालयमा वृक्षरोपण गर्नुका साथै संग्रहालयको अवलोकन गरेका थिए। 

salt training

कमेन्ट गर्नुहोस्