२९ जेठ २०८३, शुक्रबार

अरविन्द केजरीवालले मोदी सरकारलाई हिरण्यकशिपुसँग तुलना गरेपछि...

फागुन २६, २०७९
अरविन्द केजरीवालले मोदी सरकारलाई हिरण्यकशिपुसँग तुलना गरेपछि...

भारतको राजधानी दिल्लीका पूर्व उपमुख्यमन्त्री मनीष सिसोदियाको धरौटीमा रिहा हुन पाऊँ भनी परेको निवेदनमा शुक्रवार सुनुवाइ हुँदैछ । 

त्यसअघि मुख्यमन्त्री अरविन्द केजरीवालले एउटा ट्वीट गरी मोदी सरकारलाई हिरण्यकश्यपसँग तुलना गर्दै आक्रमण गरेका छन् । 

उनले लेखे, ‘हिरण्यकश्यप आफूलाई भगवान् ठान्न थालेको थियो । उसले प्रह्लादलाई ईश्वरको बाटोमा जानका लागि अनेकौं प्रयत्न गरेको थियो, अत्याचार गरेको थियो । अहिले पनि केही मानिस आफूलाई भगवान् मान्दैछन् । देश र बालबालिकाको सेवा गर्ने प्रह्लादलाई उसले कारागृहमा राखेको थियो । तर प्रह्लादलाई त्यतिखेर रोक्न सकिएको थिएन, अहिले पनि रोक्न सक्दैनन् ।’

यसरी केजरीवालले सिसोदिया र सत्येन्द्र जैनको तुलना भगवान् विष्णुका परम भक्त प्रह्लादसँग गरे । 

सिसोदियालाई केन्द्रीय अनुसन्धान निकाय सीबीआईले मदिरा घोटालाको आरोपमा पक्राउ गरेको थियो । उनलाई अहिले न्यायिक हिरासतका लागि तिहाड जेलमा राखिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्