२३ जेठ २०८३, शनिबार

‘छड्के २’ फ्लप भएपछि अनमोलले भने – दर्शकलाई निराश बनाउँदा म झनै दुखी छु

फागुन २६, २०७९
‘छड्के २’ फ्लप भएपछि अनमोलले भने – दर्शकलाई निराश बनाउँदा म झनै दुखी छु

अभिनेता अनमोल केसीले चलचित्र ‘छड्के २’मार्फत आफूले दर्शकलाई निराश बनाएको स्वीकारेका छन् ।

चलचित्र फ्लप साबित भएपछि पहिलोपटक धारणा सार्वजनिक गर्दै उनले उक्त चलचित्रमार्फत दर्शकलाई निराश बनाएकोमा आफू झनै दुःखी भएको बताएका छन् ।

‘छड्के २’ अनमोलको करिअरको नवौँ चलचित्र हो । नवौँ चलचित्रसम्म आइपुग्दा आफू झनै परिपक्व हुनुपर्नेमा आफू चुक्न पुगेको उनले स्वीकारेका छन् । 

उनले आगामी दशौं चलचित्र आफ्नो करिअरको पहिलो चलचित्र हुने भन्दै विश्वस्त हुन दर्शकलाई आग्रह गरेका छन् ।

‘विश्वस्त हुनुस्, यो समय पनि बितेर जान्छ । घाम डुबेपछि भोलि फेरी नयाँ बिहानी हुन्छ’ उनले लेखेका छन् ‘म भोलिको सुनौलो बिहानी मेरा दर्शकसँग साट्नेछु । दुखेको घाउहरूमा मल्हम लगाउनेछु ।’

null

salt training

कमेन्ट गर्नुहोस्