![एआईजी बढुवाका लागि ५ जना सिफारिश, पहिलो नम्बरमा वसन्त कुँवर [निर्णयसहित]](https://lktcdn2.prixacdn.net/media/Home_Ministry_ULwe2UuTyw.jpg)
गृहमन्त्रालयले रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि ५ डीआईजीको नाम सिफारिश गरेको छ ।
गृहमन्त्रालय मातहतको बढुवा समितिको शुक्रवार बसेको बैठकले डीआईजीहरू क्रमश: वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यको नाम सिफारिश गरेको हो ।
'नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पद संख्या ५ (पाँच) मा बढुवा गर्न मिति २०७९/११/२६ गते बसेको बढुवा समितिको बैठकको निर्णयानुसार देहायबमोजिमको जनपद प्रहरी समूहतर्फका प्रहरी नायव महानिरीक्षकहरूलाई सोही समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिश सूची प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम (४)अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ,' निर्णयबारे जानकारी दिन जारी विज्ञप्तिमा भनिएको छ ।
यससँगै भावी आईजीपीको लाइनमा वसन्त कुँवर सबैभन्दा अगाडि देखिएका छन् ।
वर्तमान आईजीपी धीरजप्रताप सिंहको कार्यकाल आगामी चैत ९ गते सकिँदैछ । त्यसपछि यिनै मध्येबाट एकजना आईजीपी बन्नेछन् ।
सामान्यतया पहिलो नम्बरमा बढुवा हुने प्रहरी अधिकृत नै आईजीपी हुने प्रचलन छ ।
