१२ असार २०८३, शुक्रबार

घुस मुद्दाका सरकारी साक्षीले नै प्रतिकूल बकपत्र गरेपछि अख्तियारद्वारा मुद्दा दर्ता

फागुन २६, २०७९
घुस मुद्दाका सरकारी साक्षीले नै प्रतिकूल बकपत्र गरेपछि अख्तियारद्वारा मुद्दा दर्ता

सरकारी साक्षीले विशेष अदालतमा प्रतिकूल बकपत्र गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

प्रतिवादी शिवनारायण यादव भएको घुस/रिसवत मुद्दामा सरकारी साक्षीको रुपमा पेश गरेका बेचन यादव मगरदैताले विशेष अदालतमा प्रतिकूल बकपत्र गरेको भनी मुद्दा दायर गरिएको हो।

बाबा कृष्णा राम पशु फार्म सप्तरीका सञ्चालक बेचन यादव मगरदैतालाई अनुसन्धानको क्रममा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ अनुसार सजायको मागदाबीमा पूर्ण रूपमा छुट दिई सरकारी साक्षीका रूपमा पेश अख्तियारले पेश गरेको थियो। 

तर मगरदैताले विशेष अदालतमा बकपत्र गर्ने क्रममा आयोगबाट अनुसन्धानको क्रममा गरिएको बयान व्यहोराको प्रतिकूल बकपत्र गरेको अख्तियारको ठहर छ। उनीविरुद्ध २१ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरिएको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जनाएका छन्।

salt training

कमेन्ट गर्नुहोस्