
काठमाडौं, ११ भदौ — दोक्लाम विवादमा चीनलाई दोष लगाउँलै भारतीय सेनाप्रमुख जनरल विपिन रावतले शनिवार बेइजिङले यथास्थितिलाई परिवर्तन गर्ने प्रयास गरेका कारण विवाद उठेको बताए ।

‘चीनसँग झण्डा बैठकका बेलामा हामीले दुवै देश पहिलेकै स्थितिमा फर्कनुपर्ने बताउँदै आएका छौं । तर हामी समाधान लिएर आउन सकेका छैनौं किनसक समाधान कसरी गर्ने भन्ने विषयमा विभिन्न दृष्टिकोण रहेका छन् । यो कूटनीतिक र राजनीतिक स्तरमा समाधान गर्नुपर्छ,’ उनले भने ।
रावतले पुणेस्थित सावित्रीभाइ फुले विश्वविद्यालयमा एक लेक्र दिने क्रममा यो कुरा बताएका हुन् ।
‘यो विवाद समाधान भएपनि हाम्रो फौजले फेरि यस्तो घटना हुने छैन भन्ने ठान्नु हुँदैन । यस्ता घटनाहरू भविष्यमा बढ्ने सम्भावना छ । फौजहरूलाई म सधैं सचेत रहन सन्देश दिन्छु,’ उनले भने ।
दुवै देशबीच लद्दाखमा हालै भएको झडपमाथि टिप्पणी गर्दै उनले यी मामिलालाई सौहार्द्रपूर्ण ढंगले समाधान गर्न एक संयुक्त संयन्त्र निर्माण गर्नुपर्ने बताए ।
एजेन्सी