३० जेठ २०८३, शनिबार

पीएनजीसँग यूएई ५६ रनले पराजित

फागुन २६, २०७९
पीएनजीसँग यूएई ५६ रनले पराजित

आईसीसी क्रिकेट विश्वकप 'लिग टु'अन्तर्गत त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी) ले यूएईलाई हराएको छ। 

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनाएको थियो । जवाफी लक्ष्य पछ्याएको यूएई ४२.२ ‌ओभरमा अल आउट भयो। यस क्रममा उनले मात्र १९० रन बनाउन सक्यो। 

५६ रनको जित निकाल्ने क्रममा पीएनजीका सेसे बाउले सर्वाधिक ८१ रन बनाए। हिरी हिरीले ८५ बलमा ७७ रनको योगदान दिए भने किप्लिन डोरिगाले ५५ रन बनाए। आज पीएनजीका कप्तान असद भाला गोल्डेन डकआउट भएका थिए। 

२४७ रनको लक्ष्य पछ्याएको यूएईका आर्यान लाक्राले सर्वाधिक ५१ रनको अर्धशतकीय पारी खेले भने मोहम्मद वासिमले ४१ रन बनाए। अन्य ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन्। 

पीएनजीका रेलि हेकुरेले ३ विकेट लिए।  

salt training

कमेन्ट गर्नुहोस्