१५ असार २०८३, सोमबार

रामचन्द्र पौडेल भन्छन्, हचुवा शैलीमा काम गर्दा कांग्रेस शक्तिशाली बन्न सकेन

कात्तिक २०, २०७४
रामचन्द्र पौडेल भन्छन्, हचुवा शैलीमा काम गर्दा कांग्रेस शक्तिशाली बन्न सकेन
तनहुँ, ११ भदौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनाव बहिष्कार गर्ने शक्तिहरु पनि चुनावी माहोलमा आएको बताउनुभएको छ । 

रिपोर्टर्स क्लब तनहुँ शाखाद्वारा आज दमौलीमा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले सो कुरा बताउनुभएको हो । 

प्रदेश र सङ्घको निर्वाचन मंसिर महिनामा सम्पन्न हुन्छ नेता पौडेलले भन्नुभयो, “अब हुने निर्वाचनमा चुनाव विरोधी शक्तिहरु पनि सहभागी हुनेछन् । 

उहाँले राजनीतिक खिचातानीले विकास निर्माणका काम प्रभावित भएकाले अब देश समृद्धि र विकासतर्फ उन्मुख हुने बताउनुभयो । 

पार्टीको कार्यशैलीप्रति इंगित गर्दै नेता पौडेलले हचुवा शैलीमा काम गर्ने परिपाटीले काँगे्रस पार्टी शक्तिशाली बन्न नसकेको धारणा राख्नुभयो । 

संसदीय समिति बनाएर जान नसक्दा उम्मेदवारी चयन भद्रगोल बन्नु, मधेश संवेदनशील अवस्थामा पुग्नु, विभाग नबन्दा पदाधिकारी व्यवस्थित नबन्नु, प्रदेश समिति नबन्दा क्रियाशील सदस्य नहुनुलगायतका कठिनाइ भोग्नुपरेको नेता पौडेलको भनाइ थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्