२९ जेठ २०८३, शुक्रबार

टाटा मोटर्सको नेपालभर रहेका शोरूममा एकै साथ एक्सचेन्ज क्याम्प

फागुन २७, २०७९
टाटा मोटर्सको नेपालभर रहेका शोरूममा एकै साथ एक्सचेन्ज क्याम्प

काठमाडौँ। यही फाल्गुन महिनाको २६ देखि २८ गतेसम्म नेपालभरि रहेका सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरुमहरूमा 'इलेक्ट्रिफाइङ एक्सचेन्ज' नामको विशेष एक्सचेन्ज क्याम्प चलिरहेको छ। 

ग्राहकहरूका सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल-डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्यधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारी सँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको छ।

चलिरहेको बजारको मूल्य भन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधा, र साथै हरेक गाडी हस्तान्तरणमा निःशुल्क गाडीका लागि उपयुक्त पार्टपुर्जा पनि पाइने कम्पनीले जनाएको छ। 

अहिलेको अति चर्चित र सबैले रुचाएका टाटा मोटर्स नेक्सन ईभी र टिगोर ईभीको माग एकदम बढ्दो क्रममा छन्।

यही मागलाई अझ सुलभ बनाउन चालु अवस्थामा रहेका गाडीहरूसँग टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक ईभी सँग साट्न सकिने छ, र त्यसका साथै विभिन्न अफरहरू पनि प्राप्त गर्न सकिने जनाइएको छ। 

यो सुविधा फाल्गुन २८ गतेसम्म टाटा मोटर्सका शोरुमहरूमा मात्र लागु गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्