०८ असार २०८३, सोमबार

ट्रम्पको धम्कीपछि सबै नागरिकलाई हतियार चलाउन सिकाउँदै भेनेजुएला

कात्तिक २०, २०७४
ट्रम्पको धम्कीपछि सबै नागरिकलाई हतियार चलाउन सिकाउँदै भेनेजुएला
काठमाडौं, ११ भदौ– अमेरिकाले लगाएको प्रतिवन्ध तथा राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य अभियानको धम्की दिएपछि भनेजुएलाको सेनाले आम नागरिकलाई राइफल र मिसाइल चलाउन तथा युद्ध कौशल सिकाउन शुरु गरेको छ ।

राष्ट्रपति निकोलस मादुरो द्वारा घोषित दुई दिवसीय सैन्य अभ्यासमा युद्धक विमान, ट्यांक तथा नेशनल बोलिवियन आर्मीका साथ सात लाख रिजर्विस्ट आम नागरिक भाग लिइरहेका छन् ।

कराकासको सन्य एकेडेमीमा सैनिकले गैर सैनिक नागरिकलाई मुक्काको प्रयोग गर्न, राइफल चलाउनका साथै युद्धक विमानलाई खसाल्नेवाला बन्दुक चलाउन सिकाएका छन् ।

अभ्यासकाबीच आफ्नो राइफलको निशानालाई नष्ट गरेपछि ६० वर्षिय महिला एरिका एवेनदानोले भनिन्,‘म आशा गर्छुकी केही नहोस् तर पनि म जस्तो सुवै अवस्थाको सामना गर्न तयार छु । ’

केही दिन अगाडि ट्रम्पले भेनेजुएलामाथि सैन्य कारवाही सहित उ विरुद्ध सवै प्रकारको विकल्पमाथि विचार गरिरहेको बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्