×

NIC ASIA

‘भ्वाइस किड्स’मा रिजनको प्रस्तुतिलाई वाहवाही

फागुन २७, २०७९

Prabhu Bank
NTC
Premier Steels

बालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’को दोस्रो सिजन शुक्रवारदेखि प्रसारणमा आएको छ ।

Muktinath Bank

शो को सुरुवाती केही एपिसोड ब्लाइन्ड अडिसनको हुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवार प्रसारण पहिलो एपिसोडमा डिजिटल अडिसनबाट छानिएकामध्ये ६ जना प्रतियोगी बालबालिकाले कोचको सामना गरे ।


Advertisment
Nabil box
Kumari

जसमध्ये पहिलो एपिसोडमा अन्तिम प्रतिस्पर्धीका रुपमा प्रस्तुति दिएका रिजन डाँगीको गाएकीको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । 

Vianet communication

सुनसरी इटहरीका १२ वर्षीय डाँगीले प्रमोद खरेलले गाएको गीत ‘भाग्यमा खोट छ...’ गाएका छन् ।

उनले आफ्नो दमदार प्रस्तुतिमार्फत चारैजना कोचको कुर्सी घुमाउन सफल भए ।

अडियन्सबाट ‘वान्स मोर’ आएपछि उनले पुनः उक्त गीत गाएका थिए । 

चारैजना कोचले उनको मुक्तकण्ठले प्रशंसा गरे । कोच प्रमोद खरेलले आफूलाई गीतको एक लाइन रिजनसँगै गाउन मन लागेको बताए ।

प्रतियोगी रिजनले प्रमोदसँगै ‘भाग्यमा खोट छ...’ गीत गाए । यतिञ्जेल र यसपछि पनि उनलाई आफ्नो टिममा ल्याउन कोचहरुले प्रयास गरिरहे । उनले भने गीत गाएरै आफूले कोच छान्ने बताउँदै ‘म बाँचेकै तिमीसँग माया लाउन हो...’ गाए । रिजनले कोच प्रमोद छाने ।

‘भ्वाइस किड्स नेपाल’को पहिलो एपिसाड युट्युबमा सार्वजनिक भएसँगै उनले त्यहाँ दिएको प्रस्तुतिको भिडियो क्लिपहरु टिकटक लगायतका सामाजिक सञ्जालमा छाइरहेको छ । 

स्रोता दर्शकहरुले उनको स्वरको खुलेर प्रशंसा गरिरहेका छन् । ‘द भ्वाइस किड्स नेपाल’को दोस्रो सिजनमा गायकद्धय प्रमोद खरेल र सुशान्त केसी, गायिकाद्धय मिलन नेवार र प्रविशा अधिकारी कोचका रुपमा छन् ।

हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजेबाट यो शो प्रसारण हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x