
उपराष्ट्रपति निर्वाचनको उम्मेदवार चयन गर्ने सम्बन्धमा सत्तारुढ १० दलभित्र छुट्टै ध्रुवीकरण देखिएको छ ।
गठबन्धनभित्रका ३ दलले छुट्टै सहमतिपत्र सार्वजनिक गर्दै आफूहरू एकठाउँमा रहेको जनाएका छन् ।
लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कार्यगत एकताको सहमति गरेका छन् ।

३ दलमध्ये जनमत पार्टीबाट ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाएको छ । गठबन्धनकै दल जनता समाजवादी पार्टी (जसपा) नेपालबाट २ जना रामसहाय यादव र प्रमिला यादव उम्मेदवार बनेका छन् ।
उम्मेदवारी दर्ताअघि शनिवार बिहान बसेको गठबन्धनको बैठकले उम्मेदवारमा सहमति जुटाउन नसकेपछि छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएको छ ।
नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उपराष्ट्रपति उम्मेदवार बनेकी छन् ।