
कलेज पढ्दाखेरी प्रेम गरेका केटाकेटीले सँगसँगै जीवन बिताउने कसम खान्छन् तर आफ्नै समान उमेरका प्रेमीलाई छाडेर युवतीले ५४ वर्षीय पुरुषसँग विवाह गरेको सुन्दा पत्याउनुहुन्छ ?
अमेरिकाको नर्थ केरोलिनाकी ३० वर्षीया युवती अमान्डा कैननले आफूभन्दा २४ वर्ष जेठा पुरुष ५४ वर्षीया ऐससँग विवाह गरेकी छन् ।
ऐसले पहिलो पत्नीसँग सम्बन्धविच्छेदपछि विवाह नगर्ने कसम खाएका थिए तर अमान्डासँग निकटता भएपछि दुवै विवाह गर्ने निष्कर्षमा पुगेका हुन् । दुवैले विवाह गरेर बच्चा पनि जन्माएका छन् । ऐसले भने, ‘मेरो पहिलो बच्चा जन्मिँदा म ३० वर्षको थिएँ, अहिले ५५ वर्षको भएँ ।’
अमान्डाले सन् २०१७ मा पहिलो वैवाहिक सम्बन्धलाई अन्त्य गरेकी थिइन् । उनले भनिन्, ‘म आफ्नो पुरानो विवाहबाट हारेको र थाकेको महसूस गरिरहेकी थिएँ । मलाई भित्रैबाट यो सम्बन्ध तोड्नुपर्छ भन्ने लागेपछि सम्बन्धविच्छेद गरें ।’
उमेरका कारण सम्बन्धमा कुनै असर नगर्ने उनले बताइन् । उनले भनिन्, ‘प्रेम प्रेम नै हुन्छ, आफूभन्दा ठूलासँग होस् कि सानासँग ।’
भेटघाट भएपछि मोबाइल नम्बर लिएर कुराकानी गर्न थालिएको उनले बताइन् । ऐसले भने, ‘मेरो सम्बन्धविच्छेदपछि म घरमा एक्लै बस्ने गरेको थिएँ । त्यति नै बेला उनी आइन् र आफ्नो परिचय दिइन् । म साँच्चिकै उनको सुन्दरताबाट आकर्षित भइसकेको थिएँ तर हाम्रोबीचमा उमेरको अन्तर थियो । मैले कहिल्यै सोचेको थिइनँ कि यति सुन्दर युवती मप्रति चासो राख्लिन् ।’
अमान्डाले कम उमेरका पुरुष अपरिपक्व हुने र युवतीहरूलाई बेवास्ता गर्ने गरेको बताइन् । यतिबेला दुवै जना सँगसँगै हिँड्दा कतिपयले बुवाछोरी भनेर बुझ्ने गर्छन् । अमान्डाले भनिन्, ‘मैले गलत गरे भन्ने कहिल्यै महसूस भएन, मैले लिएको फैसला सही छ ।’