
फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोनले आफ्नो लुक्समा विशेष ध्यान राख्छन् । जसका लागि उनी महिनामा लाखौं खर्च गर्न तयार हुन्छन् ।
उनी फ्रान्समा राष्ट्रपति बनेको तीन महिना भयो । यो तीन महिनाको अवधीमा उनले आफ्नो मेकअपका लागि लाखौं रकम खर्च गरेका छन् ।
यदी कसैले आफ्नो पैसाले मेकअपमा जति पैसा खर्च गरेपनि कसैले विरोध गर्दैन तर जब यो पैसा जनताको गोजीबाट काटिएको करको होस् त यसले पक्कै पनि निकै प्रभाव पार्छ ।

करिब तीन महिना पहिला एमानुएल म्याक्रोन फ्रान्सका राष्ट्रपति बनेका हुन् । शुरुवाती दिनमा उनले आफ्नो मेकअपका लागि २६ हजार यूरो अर्थात ३१ लाख ७० हजार रुपैयाँ खर्च गरेका छन् ।
फ्रान्सको एक म्यागजिनले सार्वजनिक गरेको एक रिपोर्टका अनुसार ३९ वर्षीय राष्ट्रपति एमानुएलले आफ्नो कार्यकालको शुरुवाती १०० दिनमा २० हजार यूरो आफ्नो मेकअपमा खर्च गरेका छन् । जसका अनुसार उनले हरेक महिना १० हजार डलर र अन्य ३३० डलर खर्च गरेका छन् ।

एमानुएलको निजी मेकअप आर्टिस्टलाई २ पटक रकम तिरिएको छ । जसमा एक विलको मूल्य १० हजार यूरो र दोस्रोको १६ हजार युरो थियो ।
एमानुएलको कार्यालायले उनको मेकअपमा भएको खर्चको पुष्टि गरेको छ र सस्तो विकल्पको खोजि भइरहको बताएको छ ।
यो समाचार सार्वजनिक भएसँगै एनामुएलको चर्को आलोचना भएको छ । सामाजिक सञ्जालहरुमा उनीमाथि मानिसरुले प्रहार गरेका छन् ।

एमानुएल यस कुरामा खुसी छन् की पत्रिकाका अनुसार यो खर्च पूर्व राष्ट्रपनि फ्रास्वा ओलान्दले गरेको खर्च भन्दा कम हो । उनले पूर्णकालिन कर्मचारीलाई १० हजार यूरुो मासिक तिरेका थिए ।