११ साउन २०८३, सोमबार
आईसीसी विश्व क्रिकेट 'लिग टु'

पीएनजीको ९ विकेट पतन, नेपाली स्पीनरसामु निरीह बने ब्याटर

फागुन २९, २०७९
पीएनजीको ९ विकेट पतन, नेपाली स्पीनरसामु निरीह बने ब्याटर

आईसीसी क्रिकेट विश्वकप 'लिग टु'अन्तर्गत पीएनजीविरुद्धको खेलमा नेपालले शानदार प्रदर्शन गरेको छ ।

टस जितेर पहिले बलिङ गरेको नेपालले ३० ओभर ३ बलमा ९४ रन जोड्दा पीएनजीका ९ ब्याट्सम्यानलाई डगआउटमा फिर्ता पठाएको हो ।

नेपालका लागि सन्दीप लामिछानेले ४, ललित राजवंशी र कुशल मल्लले समान २ तथा सोमपाल कामीले १ विकेट लिए ।

लिग टुमा नेपालले योसहित जम्मा २ खेल खेल्न बाँकी छ । दुवै खेल जितेमा नेपाल सिधै विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ । 

दुईमध्ये कुनै एक हारले मात्र पनि आगामी महिना नामिबियामा हुने प्लेअफ खेल्नुपर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्