०८ साउन २०८३, शुक्रबार

उपराष्ट्रपतिका उम्मेदवार रामसहायले माधव नेपाललाई भेटेर मागे भोट

फागुन २९, २०७९
उपराष्ट्रपतिका उम्मेदवार रामसहायले माधव नेपाललाई भेटेर मागे भोट

उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका छन् ।

उपराष्ट्रपतिमा भोट माग्न यादव नेता नेपालको कोटेश्वस्थित निवास पुगेका हुन् । उनको साथमा जसपाका अर्का नेता एवं प्रदीप यादव समेत सहभागी थिए ।

सत्ता गठबन्धनका तर्फबाट यादव उम्मेदवार बनेका हुन् । उनी प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

उक्त क्षेत्रमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई उपनिर्वाचन जिताएर ल्याउने तयारीस्वरूप रामसहायलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाइएको हो ।

salt training

कमेन्ट गर्नुहोस्