२३ असार २०८३, मंगलबार

वर्षाको ‘ए साथी सुन’को थ्रिलर टिजर सार्वजनिक, चैतबाट जेठमा सर्यो फिल्म

फागुन २९, २०७९
वर्षाको ‘ए साथी सुन’को थ्रिलर टिजर सार्वजनिक, चैतबाट जेठमा सर्यो फिल्म

अभिनेत्री वर्षा सिवाकोटी र डेब्यु अभिनेता रमेश बानियाँको मुख्य भूमिका रहेको फिल्म ‘ए साथी सुन’को थ्रिलर टिजर सार्वजनिक गरिएको छ । 

टिजर रिलिजसँगै निर्माण पक्षले फिल्मको रिलिज पोस्टपोन्ड भएको जानकारी समेत दिएको छ । 

यसअघि चैत्र १० गतेबाट प्रदर्शनमा आउने बताइएको फिल्म दुई महिना पछाडि धकेलिएको छ । 

प्राविधिक काम नसकिएकाले फिल्मको प्रचार–प्रसार पनि गर्न नभ्याएको भन्दै निर्माण टिमले रिलिज सार्नु परेको जानकारी दिएको छ । अब फिल्म वर्ष २०८० को जेठ ५ गतेबाट प्रदर्शनमा आउनेछ । 

लभस्टोरी, थ्रिलर र कमेडी जनराको फिल्ममा वर्षा शिवाकोटी, रमेश बानियाँ,सुशील पोखरेल, जयनन्द लामा, विमला गिरी, सुवास शाह, रमेश अधिकारी लगायतको अभिनय छ । कृष्मा खड्का र इभान सन्जेल बाल कलाकारको भूमिकामा फिल्ममा प्रस्तुत छन् । ‘ए साथी सुन’ जयनन्द लामा अभिनीत अन्तिम फिल्म समेत हो ।

राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको फिल्मलाई बिना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन् ।

इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मको सह–निर्मातामा सुदीप पौडेल छन् । मानकृष्ण महर्जनको डिओपी रहेको फिल्मलाई दीर्घ खड्का र मिराज अर्यालले संयुक्त रुपमा सम्पादन गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्