बैशाख २०, २०८०
प्रिक्सा टेक्नोलोजिजले प्रतिष्ठित राष्ट्रिय सूचना प्रविधि नवप्रवर्तन पुरस्कार (नेसनल आईसीटी इन्नेभेसन अवार्ड) प्राप्त गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयले दिने उक्त अवार्ड प्रिक्साले नवप्रवर्तनात्मक कृत्रिम बौद्धिकता तथ...
फागुन २९, २०७९
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले समस्यामा रहेको अर्थतन्त्रलाई सुधार गर्दै निजी क्षेत्रको पक्षमा नीतिगत परिवर्तनका लागि पहल गरिरहेको बताएका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४औँ साधारणसभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको पदस्थापन कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले नीतिगत सुधार गर्दै निजी क्षेत्रमैत्री वातावरण बनाउन सकेमा अहिलेको संवेदनशील परिस्थितिबाट बाहिर निस्कन सकिने समेत बताए ।
उनले कसैको व्यक्तिगत एजेण्डा भन्दामाथि उठेर निजी क्षेत्रको जित हुने गरी काम गर्ने उनको भनाई छ ।
ढकालले भने, ‘अहिलेको अवस्था निकै संवेदनशील अवस्था छ । यसलाई सबैको जित हुने गरी तार्किक निकर्षमा पुर्याउनुपर्ने अवस्था छ । व्यक्तिको भन्दा पनि हाम्रो एजेण्डाको जित हुनुपर्छ । निजी क्षेत्रको जित हुने गरी समस्याको समाधान गर्नुपर्नेछ ।
यसकालागि हामीले नेपाल राष्ट्र बैंक र नेपाल सरकारसँग बारम्बार कुरा गरिरहेका छौं । यसलाई निकर्षमा पुर्याउने गरी महासंघ लागिरहेको छ ।’
बैंकको व्याजदरको कुराको सन्दर्भमा आफूहरुले राष्ट्र बैंकसँग बारम्बार छलफल गरिरहेको बताए ।
उनले तीनवटै तहका सरकारहरु निजी क्षेत्रमैत्री बनेमा आर्थिक विकास र पूर्वाधार निर्माणका कार्यहरु द्रूतरुपमा अगाडि बढ्न सक्ने बताबताए ।
निकट भविष्यमा नै महासंघको नेतृत्व लिन लागेका ढकालले खुल्ला सिमाका कारण भैरहवालगायत सीमाक्षेत्रका व्यवसायीहरु मर्कामा परेको जनाए ।
उनले खुल्ला सिमामा हुने अनौपचारिक कारोबारलाई दुरुत्साहन गरी व्यवसायीहरुको संरक्षणका लागि आफूले पहल गर्ने समेत बताए ।
प्रिक्सा टेक्नोलोजिजले प्रतिष्ठित राष्ट्रिय सूचना प्रविधि नवप्रवर्तन पुरस्कार (नेसनल आईसीटी इन्नेभेसन अवार्ड) प्राप्त गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयले दिने उक्त अवार्ड प्रिक्साले नवप्रवर्तनात्मक कृत्रिम बौद्धिकता तथ...
नयाँ वर्ष २०८० सालको उपलक्ष्यमा फुडमान्डुले नयाँ अफर घोषणा गरेको छ । यस योजना अन्तर्गत ग्राहकले दैनिक आफ्नो अर्डरमा कम्तीमा २० देखि ८० प्रतिशतसम्मको छुटको भौचर कोडहरू प्राप्त गर्न सक्नेछन् । छुट कति...
नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल प्रा.लि.ले आफ्नो नयाँ उत्पादन मंगलदीप चम्पा अगरबत्ती धेरै काँटीसहितको जिपलक प्याकमा बजारमा ल्याएको छ । नेपालमै सर्वाधिक रुचाइएको मंगलदीप चम्पा अगरबत्तीको यो जिपलक ...
कवि, लेखक तथा समाजसेवी वसन्त चौधरीले ‘धर्तीलाई फेरि हाँस्न दिऔं’ भन्ने मूल थिममा servedplanet.com नामक वातावरणकेन्द्रित इपेपर शुरू गरेका छन् । सोही नामको पोर्टलमा होस्ट गरिएको इपेपरले वातावरण...
टीभीएस मोटर्सले बुधबार टीभीएस एनटर्क १२५ रेस एडिसन नयाँ मरीन निलो रङमा सार्वजनिक गरेको छ । यो नयाँ रंग, युवा वर्गले मनपराएको विद्यमान रेस संस्करणको रातो र पहेँलो रंगसँगै राखिने कम्पनीले जनाएको छ ।...
स्मार्ट क्युआरले बिग मार्टसँगको सहकार्यमा नयाँ वर्षको दिन सामान खरीद गर्दा भुक्तानीमा छुट अफर ल्याएको छ। यस छुट अफरअन्तर्गत ग्राहकहरूले सम्पूर्ण सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्ता...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...