१० साउन २०८३, आइतबार

विद्युतीय सवारी साधन प्रयोग गर्न सबैमा कुलमान घिसिङको अपिल

फागुन २९, २०७९
विद्युतीय सवारी साधन प्रयोग गर्न सबैमा कुलमान घिसिङको अपिल
फाइल फोटो

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका हुन् ।

एनले विद्युत्मा गरिएको लगानी सँगसँगै विद्युत् खपत पनि बढाउने कार्ययोजना रहेकाले सोही अनुरूप विद्युतीय सवारी साधनहरू आइरहेका बताए ।

पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनभन्दा विद्युतबाट चल्ने सवारी साधन कयौं गुणा सस्तो पर्ने उनको भनाइ छ ।

विद्युतीय सवारी साधनको प्रयोगले प्रदूषण पनि घट्ने भन्दै घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्नुको फाइदा मात्रै भएको बताए ।

वातावरणीय र स्वास्थ्य सुरक्षाको दृष्टिले विद्युतीय सवारी साधन निकै उपयुक्त रहेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्