×

NMB BANK
NIC ASIA

ठेक्का अलपत्र पार्ने दुई दर्जन कम्पनी कालोसूचीमा

फागुन २९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

विभिन्न सार्वजनिक निकायअन्तर्गतका ठेक्का अपलत्र पार्ने दुई दर्जन कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ । सरकारी कार्यालयका ठेक्का अलपत्र पारेपछि खरिद अनुगमन कार्यालयको आइतबारको निर्णयअनुसार ती कम्पनीलाई कालोसूचीमा राखिएको हो । 

Muktinath Bank

कालोसूचीमा परेका निर्माण व्यवसायी, आपूर्तिकर्ता कम्पनी र परामर्शदाता कम्पनीले कालोसूची अवधिभर कुनैपनि सरकारी खरिद अनुगमन कार्यमा सहभागी हुन पाउने छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खरिद अनुगमन कार्यालयकाअनुसार सिराहामा कार्यालय रहेको विकास निर्माण सेवालाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । यो कम्पनीले सडक डिभिजन कार्यालय लहानअन्तर्गतका दुईवटा ठेक्का अलपत्र पारेको थियो । 


Advertisment
Nabil box
Kumari

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाको काम अलपत्र पार्ने पर्साको परामर्शदाता कम्पनी बिजनेस नेपाल कन्सल्टेन्सी प्रालिलाई पनि तीन वर्षका लागि कालोसूचीमा राखिएको छ ।

Vianet communication
Laxmi Bank

पूर्वाधार विकास कार्यालय बैतडीको सिफारिसमा राष्ट्र सेवा निर्माण कम्पनीलाई पनि कालोसूचीमा राखिएको छ । डडेल्घुरामा कार्यालय रहेको उक्त कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको हो । त्यसैगरी, कैलालीको गोदावरी नगरपालिकाको सिफारिसमा आकाश एन्ड पवन कन्स्ट्रक्सनलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।
 
सडक डिभिजन कार्यालय कपिलवस्तुअन्तर्गतका आयोजनाका काम नगर्ने तीनवटा कम्पनी कालोसूचीमा परेका छन् । खरिद अनुगमन कार्यालयकाअनुसार अर्घाखाँचीको अहमद हुसेन कन्स्ट्रक्सन, दाङको गुप्ता निर्माण सेवा, अर्घाखाँचीको केपी कन्स्ट्रक्सनलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

भरतपुर महानगरपालिकाको काम अलपत्र पारेपछि नयाँ बानेश्वरमा कार्यालय रहेको अनुष्ठान कन्स्ट्रक्सन प्रालिलाई एक वर्षका लागि, सडक बोर्ड नेपालको काम पूरा नगर्ने नवलपरासीको भोलेबाबा कन्स्ट्रक्सनलाई डेढवर्षका लागि र  भूमि व्यवस्थापन तथा अभिलेख विभागको काम पू्रा नगर्ने दिब्या टेक्नोलोजी प्राइभेट लिमिटेडलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । 

दाङको घोराही उपमहानगरपालिकाको सिफारिसमा ड्रिमल्यान्ड मेटल इन्डस्ट्रिज प्रालि, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिफारिसमा डाइग्नोकेम इन्टरनेसन, खैरहनी नगरपालिकाको सिफारिसमा गण्डकी हनी कन्सर्न प्रालि र निजामती कर्मचारी अस्पतालको सिफारिसमा कार्की किचेनलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

खरिद अनुगमन कार्यालयकाअनुसार काभ्रे उपत्यका खानेपानी व्यवस्थापन बोर्डको काम अलपत्र पार्ने निङ्बो निङ्सिङ इन्टरनेशनल इन्कर्पोरेसनलाई साढे दुई वर्षका लागि कालोसूचीमा राखिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाअन्तर्गतको ठेक्का अलपत्र पार्ने पीआर कन्स्ट्रक्सन प्रालि र सडक डिभिजन कार्यालय कास्कीका दुईवटा ठेक्का अलपत्र पार्ने सिरुवा कन्स्ट्रक्सन प्रालिलाई साढे एक वर्षका लागि कालोसूचीमा राखिएको छ । सिरुवा कन्स्ट्रक्सन प्रालिले सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गतको कालीगण्डकी करिडोरको काम पनि अधुरो छाडेको छ ।
  
त्यसैगरी, सडक डिभिजन कार्यालय सुर्खेतको ठेक्का अलपत्र पार्ने पप्पु मल्ल जेभीलाई एक वर्ष र शुद्धोधन गाउँपालिका रुपन्देहीको काम अलपत्र पार्ने सम्बुद्ध सप्लायर्सलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । सडक डिभिजन कार्यालय बागलुङअन्तर्गतका ठेक्काको काम नगर्ने वाई पी कन्स्ट्रक्सन प्रालिलाई पनि डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

राजर्षि जनक विश्वविद्यालयको अनलाइन कक्षा सञ्चालन तथा व्यवस्थापन समितिअन्तर्गतको काम अलपत्र पार्ने सुरज जेनरल अर्डर सप्लायर्स र खैरहनी नगरपालिका चितवनको काम अलपत्र पार्ने युनाइटेड एग्रो इञ्जिनीयरिङ प्राइभेट लिमिटेड पनि एक वर्षका लागि कालोसूचीमा परेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x