
काठमाडौं, ११ भदौ — चाडपर्वको मौसम शुरु भएको छ । यस्तोमा मिठाइ खाने अवसर आइरहन्छ । अनि खाना खाएपछि डेजर्टका रूपमा पनि मिठाइ गजब हुन्छ । आज लालमोहन बनाउन सिकौं न त ।

सामग्री
चिनी २०० ग्राम
पानी ३५० मिलिलिटर
अलैंची धूलो दुई चिम्टी
ब्रेड
किसमिस
दूध ६० मिलिलिटर
विधि
एउटा प्यानमा पानी र चिनी हालेर तताउनुस् । अब त्यसमा अलैंची धूलो मिसाउनुस् । चास्नी नबनुन्जेल त्यसलाई पकाउनुस् ।
ब्रेडको बाहिरी किनारालाई काटेर ब्रेडको सानो सानो टुक्रा बनाउनुस् ।
ती टुक्रालाई दूधमा हालेर पीठो मुछे झैं मुछ्नुस् ।
अब मुछिएको कुरामा एउटा किसमिस हालेर त्यसलाई लालमोहनको आकार दिनुस् ।
एउटा कराहीमा तेल हालेर तताउनुस् र लालमोहनलाई सुनौलो खैरो हुन्जेल फ्राई गर्नुस् ।
अब यसलाई चास्नीमा आधी घण्टासम्म डुबाउनुस् ।
ड्राई फ्रुटले सजाएर तात्तातो लालमोहन पस्किनुस् ।
एजेन्सी