१४ असार २०८३, आइतबार

यस्तो हुनेछ देशभरका सरकारी कार्यालयमा रहने राष्ट्रपति पौडेलको तस्वीर

फागुन २९, २०७९
यस्तो हुनेछ देशभरका सरकारी कार्यालयमा रहने राष्ट्रपति पौडेलको तस्वीर

राष्ट्रपति कार्यालयको वेबसाइटमार्फत नयाँ राष्ट्रपति रामचन्द्र पौडेलको आधिकारिक तस्वीर सार्वजनिक भएको छ ।

पौडेलले पद तथा गोपनीयताको शपथ लिएर पदभार सम्हालेपछि वेबसाइटमार्फत आधिकारिक तस्वीर सार्वजनिक भएको हो ।

राष्ट्रपतिको तस्वीर देशभरका सरकारी कार्यालयमा झुन्ड्याउने प्रचलन छ ।

५ वर्षे कार्यकालका लागि पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए । 

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आइतवार राति सम्पन्न भएकाले पौडेलले सोमवार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्