×

NMB BANK
NIC ASIA

औपचारिक तस्वीरमा अनावश्यक सम्पादन

राष्ट्रपति पौडेलको हुलिया नै परिवर्तन, औपचारिक तस्वीरबाट कोठी गायब !

फागुन २९, २०७९

NTC
Premier Steels

राष्ट्रपति रामचन्द्र पौडेलले पदभार सम्हालेलगत्तै राष्ट्रपति कार्यालयको वेबसाइटमा राखिएको ‘आधिकारिक तस्वीर’ अनावश्यकरूपमा सम्पादन गरेर सार्वजनिक गरेको पाइएको छ ।

Muktinath Bank

राष्ट्रपति पौडेलको गालामा दुवैतर्फ रहेको कोठी गायब छ भने अनुहार र गलामा देखिने वृद्धावस्थाका निशानहरू समेत हटाएर हृष्ट पुष्ट र तन्नेरी देखाउन खोजिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपतिको आधिकारिक वेबसाइटको स्क्रीन शट


Advertisment
Nabil box
Kumari

केहीबेर अगाडि मात्रै शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेलको अनुहारमा दाहिने गालातर्फ आँखानजिक ठूलो कोठी प्रस्टै देखिएको थियो । दाहिनेतर्फमात्र हैन, पौडेलको देब्रे गालामा पनि कोठी छ ।

Vianet communication

तर, राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको तस्वीरमा भने अनुहारका पहिचान सूचक निशानहरू समावेश छैनन् । पौडेलको अनुहार सफाचट् देखिएको छ ।

बेवसाइटमार्फत सार्वजनिक राष्ट्रपति पौडेलको तस्वीर

यसरी हुलिया नै बदलिने गरी अनावश्यकरूपमा सम्पादन गरेर तस्वीर राख्नु गलत भएको सरकारी कर्मचारीहरू नै बताउँछन् ।

‘राम्रो क्यामेराले लाइट मिलाएर राम्रो तस्वीर खिचेर राख्न त सकिन्छ, तर यसरी हुलिया नै परिवर्तन हुनेगरी सम्पादन गर्नुचाहिँ उचित भएन,’ एक उच्चपदस्थ कर्मचारीले नाम नखुलाउने शर्तमा लोकान्तरसँग भने, ‘सरकारी कामकाजमा हुलिया खुलाउने भनेर अनुहारमा कोठी अर्थात् यस्ता केही सूचकहरू छन् भने त्यसलाई खुलाउने गरिएको हुन्छ, जुन व्यक्तिको आधिकारिक र वास्तविक पहिचान हो ।’

राष्ट्रपति पौडेलको वास्तविक हुलिया देखिने तस्वीर

यसअघि दुई कार्यकाल राष्ट्रपति भएकी विद्यादेवी भण्डारीको अनुहारमा पनि मसिना कोठी थिए । तर, उनको औपचारिक तस्वीरमा कुनै काँटछाँट गरिएको थिएन ।

पौडेल राष्ट्रपति भएलगत्तै जारी गरिएको तस्वीर भने हुलिया नै परिवर्तन गरेर सार्वजनिक गरिएको हो । राष्ट्रपतिको तस्वीर देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगका कार्यालयहरूमा झुन्डिने छन् ।

२५ फागुमा राष्ट्रपति भएका पौडेलले सोमबार शीतल निवासमा आयोजित विशेष समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । 

पौडेल अब ५ वर्षसम्म मुलुकको राष्ट्रपति हुनेछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x