उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय यादवले निर्वाचनमा भोट माग्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेताहरूसँग भेटवार्ता गरेका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर उम्मेदवार यादव लगायत नेताहरूले भोट मागेका हुन् ।
भेटघाटका क्रममा अध्यक्ष लिङ्देनले सकारात्मक प्रतिक्रिया दिएका नेता प्रदीप यादवले जानकारी दिए ।