१२ असार २०८३, शुक्रबार

कराँचीमा दुई जना आतङ्ककारी मारिए, दुई जना पक्राउ

फागुन २९, २०७९
कराँचीमा दुई जना आतङ्ककारी मारिए, दुई जना पक्राउ

पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा आतङ्कवाद विरोधी कारबाहीमा दुई आतङ्ककारी मारिएका छन् भने दुई जनालाई पक्राउ परेका छन् ।  
सिन्ध प्रान्तको सीटीडीले जनाएअनुसार प्रहरीले सोमबार बिहान शहरको मङ्गोपीर क्षेत्रको उत्तरी बाईपास नजिकै अपरेशन गरेको थियो।

दुवै मृतकको पहिचान भइसकेको छ ।  उनीहरूमध्ये एक प्रतिबन्धित तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) का स्थानीय कमाण्डर रहेको बुझिएको छ ।

 यसैगरी मारिएका अर्का व्यक्ति गत महिना कराँचीस्थित प्रहरी भवनमा भएको आक्रमणको मास्टरमाइन्ड रहेको बुझिएको छ जुन घटनामा तीन सुरक्षाकर्मी र एक नागरिक सहित चार व्यक्तिले ज्यान गुमाएका थिए भने अन्य १९ जना घाइते भएका थिए।

salt training

कमेन्ट गर्नुहोस्