२४ असार २०८३, बुधबार

भ्रष्टाचार मुद्दाका फरार अभियुक्त नौ वर्षपछि पक्राउ

कात्तिक २०, २०७४
भ्रष्टाचार मुद्दाका फरार अभियुक्त नौ वर्षपछि पक्राउ

 


मेलम्ची, ११ भदौ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–२ भोटेचौरबाट भ्रष्टाचार र अन्य मुद्दाका अभियुक्तलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । 

मेलम्ची नपा–२ भोटेचौर बस्ने ५८ वर्षीय श्रीराम खतिवडालाई इलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले पक्राउ गरी आज सिन्धुपाल्चोक जिल्ला अदालतमा बुझाउन लगिएको इलाका कार्यालयका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिनुभयो । 

विसं २०६५ साउन २२ गते विशेष अदालतले एक वर्ष छ महिना कैद र रु छ लाख ८१ हजार ६८३ जरिवानासहितको सजाय सुनाएको थियो । पछिल्लो समयमा फरार एक दर्जनभन्दा बढी फरार अभियुक्तलाई पक्राउ गरिएको छ । रासस 

salt training

कमेन्ट गर्नुहोस्