×

Nic Asia
Dabur
Prabhu Bank

शालिग्रामको महिमा बढाउन परियोजना सञ्चालन

फागुन ३०, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

शालिग्राम पाइने एक मात्रै कालीगण्डकी नदी संरक्षण, प्रचार–प्रसार र महिमा बुझाउन बृहत् कृष्णगण्डकी परियोजना सञ्चालनमा ल्याइएको छ । गण्डकी र शालिग्रामको महिमा नबुझ्दा नदी सभ्यता र शालिग्राम लोप भएर जाने भएकाले यसको प्रचारप्रसार गर्न कालीगण्डकी किनारमा कृष्णगण्डकी उक्त परियोजना सञ्चालनमा ल्याइएको हो । 

yONNEX
Frooti
Appy

सनातन हिन्दू धर्म, संस्कृति र सबैभन्दा पुरानो सभ्यतामध्येको एक कालीगण्डकी (कृष्णगण्डकी) को प्रसार–प्रचार र संरक्षणका लागि बागलुङ नगरपालिका–१ मालढुङ्गास्थित खुतुर्केघाटमा परियोजना निर्माण गर्न थालिएको छ । सिङ्गो पूर्वीय सभ्यता र संस्कृतिको महत्वपूर्ण धरोहरका रूपमा रहेको कालीगण्डकी क्षेत्र र यसमा पाइने पवित्र शालग्रामको संरक्षण गर्दै कालीगण्डकीमा व्यवस्थित स्नान कक्ष, घाट, सत्संग हल तथा कृष्ण मन्दिरको वृहत कल्पनाका साथ परियोजना अगाडि बढाइएको छ । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

खुतुर्केघाटस्थित लक्ष्मीनारायण गुठीको १७ रोपनी जग्गामा उक्त परियोजना थालिएको यसको अगुवाइ गरिरहेको अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (स्कोन) बागलुङ शाखाका प्रमुख तथा अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ का केन्द्रीय उपाध्यक्ष परमेश्वर अच्युत दास (प्रदीप भण्डारी) ले बताए । कालीगण्डकीको महिमा बढाउन, पवित्र कालीगण्डकीमा स्नान, ध्यान, योग र तपस्याका लागि जग्गा व्यवस्थापनको काम भइरहेकोे छ । 


Advertisment
Lokantar App
Saurya island

आगामी पाँच वर्षमा परियोजनाको पहिलो आधारभूत काम र बाँकी पाँच वर्षमा अन्य काम सम्पन्न गर्ने लक्ष्य छ । दुई चरणमा सम्पन्न गरिने सो परियोजनाअन्तर्गत पहिलो चरणमा तीन सय जना क्षमताको सत्सङ्ग हल र आश्रम निर्माण गरिने छ । “यो मुठ्ठी दानमा सञ्चालन हुनेछ, सरकारी निकायसित पनि बजेट माग्दै छौँँ”, दासले भने । परियोजना सम्पन्न गर्न झण्डै रु १७ करोडको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरिएको छ । कालीगण्डकी नदी नियन्त्रणका लागि जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङले रु ६५ लाखको लागतमा परियोजना सञ्चालन गर्ने क्षेत्रमा पक्की तटबन्ध गरिरहेको डिभिजन प्रमुख झलकमोहन ओझाले जानकारी दिए । रासस

JYOTI
Vianet communication
hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २७, २०८०

खोलामा माछा मार्न करेन्ट लगाउँदा माछा मार्ने युवकलाई नै करेन्ट लागेर मुत्यु भएको छ । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्न करेन्ट लगाउने क्रममा करेन्ट लागेर सोही न...

जेठ २७, २०८०

लागुपदार्थ सेवनगरी मोटरसाइकल चलाउने पाँच जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ललितपुरको बाँडेगाउँमा शुक्रवार गरिएको चेकिङका क्रममा मापसे गरेका उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको ...

जेठ २७, २०८०

नेपाल इन्टरनेट फाउन्डेसन (एनआईएफ) ले नेपालमा पनि शुक्रवार ‘सेल्फी विथ डटर’ दिवस मनाएको छ ।  कार्यक्रममा एनआईएफका अध्यक्ष विक्रम श्रेष्ठ, सेल्फी विथ डटरकी नेपालका संयोजक कल्पना श्रेष्ठ, विशिष्ट ...

जेठ २६, २०८०

निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेजको प्रस्तावलगायत विषयमा राजनीतिक दलसँग परामर्श गरेको छ । आयोगले निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयक, स्थानीय तहमार्फत मतदाता नामावली सङ्कलन प्रारम्भ, विदेशमा रहेका ने...

जेठ २६, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सरकारको बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न नसक्ने टिप्पणी गरेका छन् ।  प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले सरकारले प्रस्तुत गरेको बजेटले आर्...

जेठ २७, २०८०

गर्मी मौसम शुरू भएसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गर्मी मौसममा बाघ पानी पिउन आइरहने हुँदा बाघ सजिलै देख्न सकिने निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाह...

गाँजा फाँडेर भीख मागिरहेको देश !

गाँजा फाँडेर भीख मागिरहेको देश !

जेठ २६, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

भैँसीसँग लाज मानिरहेका 'भेडा'हरू

जेठ २२, २०८०

हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

ad
x