१२ साउन २०८३, मंगलबार

पूर्वमाओवादी धारका नेताहरु आज नागरिक अगुवासँग सुझाव लिंदै

फागुन ३०, २०७९
पूर्वमाओवादी धारका नेताहरु आज नागरिक अगुवासँग सुझाव लिंदै

पूर्व माओवादी धारका नेताहरूले नागरिक अगुवा र बुद्धिजीवीहरूसँग आज सुझाव सल्लाह लिने भएका छन् । विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी धारका पार्टीहरूले आज बुद्धिजीवी र नागरिक अगुवाहरूसँग परामर्श र छलफलसँगै सुझाव लिन लागेका हुन् ।  

गत २६ गते बसेको माओवादी धारका नेताहरुको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन गर्ने र नागरिक अगुवा तथा बुद्धिजीवीहरूसँग छलफल, अन्तरक्रिया गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज नागरिक अगुवासँग छलफल हुन लागेको एक माओवादी नेताले बताए । 

माओवादी घटक दलहरूले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरी अन्तरक्रिया कार्यक्रमबारे जानकारी गराएका थिए । नागरिक अगुवाहरूसँग अन्तरक्रिया गर्ने र सुझावका आधारमा थप कार्यक्रम तय गर्ने माओवादी घटक दलहरूको बुझाइ छ । पछिल्लो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि नै सर्वोच्चमा उजुरी परेपछि पूर्व माओवादी धारका नेताहरु झस्केका छन् । 

salt training

कमेन्ट गर्नुहोस्