२९ असार २०८३, सोमबार

तरकारी बजारबाट मासिक डेढ लाख आम्दानी गर्दै विद्यालय

फागुन ३०, २०७९
तरकारी बजारबाट मासिक डेढ लाख आम्दानी गर्दै विद्यालय

दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित सेन्टर माध्यमिक विद्यालयले तरकारी बजारबाट लाखौँ आम्दानी गर्न थालेको छ । विद्यालयको १२ कठ्ठा जग्गामा तरकारी बजार निर्माण गरिएको थियो । बजार निर्माण भएपछि सो विद्यालयले २०७५ माघदेखि आय आर्जन गर्न थालेको हो । 

उपमहानगरपालिका, तरकारी तथा फलफूल व्यवसायी र विद्यालयबीच सम्झौता गरी त्यहाँ तरकारी बजार स्थापना शुरु गरिएको थियो । त्यही तरकारी बजारबाट अहिले विद्यालयले रु एक लाख ५७ हजार आम्दानी गर्दैआएको छ । तरकारी बजारमा रहेका ३६ पसलबाट भाडा उठाउने गरेको प्रधानाध्यापक भागवत पौडेलले बताए । यसअघि उक्त भाडा उपमहानगरपालिकाले उठाउने गरेको थियो ।  

उपमहानगरपालिकाले आफूले उठाएको करिब रु ४४ लाख विद्यालयलाई बुझाउन बाँकी रहेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले बताए । रु दुई करोड ३३ लाखमा तरकारी बजार सञ्चालनमा आएको हो । एउटा पसलको भाडा रु पाँच हजार पाँच सय कायम गरिएको तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष माधव घिमिरेले बताए । तरकारी बजारमा तरकारी व्यापारका साथै फलफूल व्यापारसमेत गरिँदै आएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्