०२ असार २०८३, मंगलबार

रासायनिक मलको अनुदान कटौतीको विरोधमा राप्रपाले विरोध गर्ने

फागुन ३०, २०७९
रासायनिक मलको अनुदान कटौतीको विरोधमा राप्रपाले विरोध गर्ने

सरकारले रासायनिक मल आयातमा दिने अनुदान रकम घटाई बजार मूल्य बढाउने निर्णय गरेपछि राप्रपाले यसको विरोध गरेको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हिजो युरिया मलको मूल्य तीन चौथाइले (करीब ७८ प्रतिशत) बढाएको थियो भने डीएपी र पोटासको मूल्य क्रमशः १६ र २९ प्रतिशतले बढाएको छ। 

राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले भोलि (बुधबार) काठमाडौंको माइतीघरमा विरोध कार्यक्रम गर्ने जनाएको हो। 

कृषि मन्त्रालायको विभागीय निर्णयअनुसार मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको फागुन २९ गतेको बैठकले आयात बिन्दुमा युरियाको बिक्री मूल्य प्रतिकेजी २५ रुपैयाँ पुर्‍याएको छ।

युरिया यसअघि प्रतिकेजी १४ रुपैयाँमा आउँथ्यो। 

salt training

कमेन्ट गर्नुहोस्