
मिडिया स्पेस सोलुसन्स प्रालि र युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले विगतका वर्षहरूझैं यस वर्ष पनि तेस्रो नेपाल फाइभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी चैत १०, ११ र १२ गते भृकुटीमण्डप काठमाडौंमा हुने भएको छ।
यस आयोजना हुन गइरहेको प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १५० भन्दा बढी स्टलहरू रहने जनाइएको छ।
नेपाल फाइभ पी नेपाल अधिराज्यभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ् र प्रोसेसिङ् संग सरोकार राख्ने व्यापार व्यवसायहरूलाई एकै ठाउँ ल्याएर व्यापार साझेदारी, नवीनतम् प्रविधि प्रदर्शन र संवाद गर्न साझा मञ्च प्रदान गर्ने एक मात्र उद्योग - व्यापार विषेश अन्तराष्ट्रिय प्रदर्शनी हो ।
उक्त प्रदर्शनीमा देशभरिबाट बढीभन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, संघ संस्थाका प्रतिनिधि आदिलाई आधुनिक प्रविधिहरूको अनुशरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने जनाइएको छ।
उक्त प्रदर्शनीमार्फत ती ५ विधामा सञ्चालन भएका उद्योग र व्यापार व्यवसायलाई निर्यातका नयाँ अवसरहरू, नवीनतम् प्रविधिसँग साक्षात्कार गराउनुका साथै विभिन्न उध्योगबीच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले विश्वास लिएको छ।
यस अन्तराष्ट्रिय प्रदर्शनीमा सह-आयोजकका रूपमा नेपाल मुद्रण उद्योग महासंघ तथा सहयोगी संस्थाको रुपमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ रहेका छन् ।
यस प्रदर्शनिमा प्लास्टिक प्रोसेसिङ् मसिनरीका उत्पादकहरू, स्क्रिन प्रिन्टिङ्, इन्डक्सन मोल्डिङ् मसिन, प्रिन्टिङ् मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ् स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ् मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरूको सहभागिता रहने जानकारी गराइएको छ।
सप्लायर्स र उत्पादकहरूको साझा मंच मात्र नभएर नेपाल फाइभ पीले समृद्ध नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पुर्याउनुका साथै संसारभरिका उत्कृष्ट प्रविधि र प्रयासहरूलाई भित्र्याउनले एक्स्पोका आयोजकले दाबी गरेका छन्। गरेका छन् ।