०९ असार २०८३, मंगलबार

पृथ्वीबहादुर शाहसहित ६ जना पुर्पक्षका लागि जेल चलान

फागुन ३०, २०७९
पृथ्वीबहादुर शाहसहित ६ जना पुर्पक्षका लागि जेल चलान

ठगी र संगठित किर्ते अभियोगको कसूर लागेका पृथ्वीबहादुर शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

पक्राउ परेका ७ प्रतिवादीमध्ये भक्तपुरकी २४ वर्षीया विनिता तामाङलाई चाहिँ ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको एआईजी उत्तम सुवेदीले लोकान्तरलाई जानकारी दिए। 

पृथ्वीसहित उनका भाइ विजयविक्रम शाह, सहयोगी अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउद पुर्पक्षका लागि कारागार चलान भएका हुन्। 

यस प्रकरणमा संलग्न १३ जना अझै फरार छन् ।

सीआईबीले शाहसहित २० जनाविरुद्ध ठगी, सार्वजनिक लिखित कीर्ते र संगठित अपराधको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो।

पढ्नुहोस् यो पनि

५६ अमेरिकी नागरिकबाट पौने ६४ करोड रुपैयाँ ठगी

salt training

कमेन्ट गर्नुहोस्