०५ साउन २०८३, मंगलबार

तीन वर्षको कडीकडाउपछि चीनले विदेशीका लागि पूरै खोल्यो सीमा

फागुन ३०, २०७९
तीन वर्षको कडीकडाउपछि चीनले विदेशीका लागि पूरै खोल्यो सीमा
Getty Images

कोभिड महामारी रोक्नका लागि सीमामा कठोर बन्देज लगाएको चीनले विदेशीहरूको आगमन सहज बनाउन सीमा पूरै खोलेको छ । 

सोमवार अमेरिकास्थित चिनियाँ दूतावासले राखेको विज्ञप्तिमा चीनले बुधवारदेखि विदेशीहरूका लागि सबै कोटाका भिसा जारी गर्ने जानकारी दिइएको छ । 

चीनले जिरो कोभिड नीति खुकुलो बनाएपछि बढेको संक्रमणमाथि निर्णायक विजय प्राप्त गरिएको चिनियाँ अधिकारीहरूले बताएका छन् । 

महामारी नियन्त्रण उपायका कारण शिथिल बनेको अर्थतन्त्रलाई उकास्नका लागि चीनले पर्यटन उद्योगलाई पुनरुत्थान गर्न खोजेको छ । 

चीनले विदेशीहरूलाई क्वारेन्टीनमा बस्नुपर्ने व्यवस्थालाई गत जनवरी महिनामा नै हटाइसकेको थियो । त्यसलाई चिनियाँ नागरिकहरूले खुशियालीका साथ स्वागत गरेका थिए । विदेशमा रहेका आफन्तसँग भेट्न पाउने आशामा उनीहरू प्रफुल्लित भएका हुन् । 

तर चीन जाने विदेशीहरूले आफ्नो देश छोड्नुभन्दा ४८ घन्टाअघि कोभिड परीक्षण गर्नुपर्छ अनि स्वास्थ्य सम्बन्धी फारममा परीक्षणको नतिजा भर्नुपर्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्