०८ असार २०८३, सोमबार

सर्वाधिक वायु प्रदूषण हुने देशहरूको सूची जारी, नेपाल १६औं स्थानमा

फागुन ३०, २०७९
सर्वाधिक वायु प्रदूषण हुने देशहरूको सूची जारी, नेपाल १६औं स्थानमा

वायुको गुणस्तर मापन गर्ने स्विट्जरल्यान्डको आईक्यू एयर नामक कम्पनीले सन् २०२२ मा सर्वाधिक वायु प्रदूषण देखिएका देशहरूको सूची मंगलवार सार्वजनिक गरेको छ । 

उक्त सूचीमा नेपाल १६औं स्थानमा छ । 

कुल १३१ मुलुक, क्षेत्र तथा भूभागका ७ हजार ३२३ शहरको पीएम२.५ वायु गुणस्तर तथ्यांकका आधारमा मुलुकहरूलाई श्रेणीबद्ध गर्दा नेपाल १६औं स्थानमा परेको हो । 

नेपालमा पनि विशेषगरी काठमाडौं शहरमा अत्यधिक वायु प्रदूषण भएको आईक्यूएयरको निष्कर्ष छ । 

विश्व स्वास्थ्य संगठनले १० माइक्रोग्राम प्रति क्युबिक मिटरभन्दा बढीको वार्षिक मीन कन्सन्ट्रेसन हुनु हानिकारक मानेको छ । तर काठमाडौंको मीन कन्सन्ट्रेसन ४०.७ माइक्रोग्राम प्रति क्युबिक मिटर छ । 

यस सूचीमा अफ्रिकी मुलुक चाड पहिलो स्थानमा छ भने इराक दोस्रो स्थानमा छ । त्यस्तै पाकिस्तान तेस्रो स्थानमा छ । 

भारत आठौं तथा चीन २५औं स्थानमा छ ।

वायु प्रदूषणका कारण श्वासप्रश्वास सम्बन्धी समस्या तथा अन्य रोगहरू लाग्ने जोखिम बढ्छ ।

salt training

कमेन्ट गर्नुहोस्