०४ असार २०८३, बिहीबार

जापानीज स्वादको रेष्टुरेन्ट काठमाडौंमा

कात्तिक २०, २०७४
जापानीज स्वादको रेष्टुरेन्ट काठमाडौंमा
काठमाडौं, ११ भदौ- जापानीज चेन रेष्टुरेन्ट उरुतोराले काठमाडौंमा आफ्नो ब्रान्च सञ्चालनमा ल्याएको छ ।जापानका विभिन्न शहरमा १२ भन्दा बढी रेष्टुरेन्ट सञ्चालनमा ल्याइसकेको सो रेष्टुरेन्टले १३ औं ब्रान्च नेपालमा सञ्चालनमा ल्याएको हो । ३ करोड नेपाली रुपैँयाको लागतमा काठमाडौंको बालुवाटारमा सो रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो ।_RX_2687 copy_1

२५ जना कर्मचारी रहेको सो रेष्टुरेन्टमा एक सय जनालाई एकैपटक सर्भिस दिन सकिने रेष्टुरेन्टले जनाएको छ । प्रशस्त स्थान रहेको रेष्ट’रेन्टमा जापानीज खानाका अलावा नेपाली खाना पनि पाइने रेष्टुरेन्टका अध्यक्ष लोकनाथ वस्तीले जानकारी दिए । वस्तीले जापानिज हस्पिटालिटी र म्यानरलाई नेपालमा ल्याउन रेष्टुरेन्टमा लगानी गरेको बताए ।

नेपालमा घुम्न आउने जापानीहरु, जापानीज स्वादको खाना खाने र जापानमा बसेर फर्किएका तथा जापानीज खानाका पारखीहरुलाई यो रेष्टुरेन्टले थोरै भएपनि सहयोग पुग्ने बिश्वास प्रबन्ध निर्देशक केन्जीमिजु गुचीको छ । नेपालको पोखरा र चितवनमा समेत उरुतोरा रेष्टुरेन्टको शाखा खोल्ने योजना बनाएको रेष्टुरेन्टका निर्देशक प्रकाश पौडेलले जानकारी बताए ।
IMG_2032 copyIMG_2044 csssopy

salt training

कमेन्ट गर्नुहोस्