जेठ २७, २०८०
लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण पर्वतमा बर्खेबाली रोपाइँ प्रभावित भएको छ । यतिबेला धमाधम कोदो र धान रोपाइँ शुरू हुने बेला भए पनि वर्षा नभएका कारण कृषकले रोपाइँ गर्न पाएका छैनन् । विगत...
दक्षिण कोरियाबाट बुद्धस्थलहरूको पैदलयात्रामा निस्केका २०० कोरियाली बौद्ध भिक्षु र तीर्थयात्रीहरू लुम्बिनी आइपुगेका छन् ।
१ हजार किलोमिटर पैदल यात्रा गरी बुद्धस्थल यात्रा गर्दै उनीहरू मंगलबार लुम्बिनी आइपुगेका हुन् ।
कोरिया सरकारको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय मातहतको सांगवोल ग्यालसा सोसाइटीको अगुवाइमा भिक्षुहरू तीर्थयात्रामा निस्केका थिए । लुम्बिनी विकास कोषले बुद्धस्थल लुम्बिनीमा स्वागत गरेको छ ।
कोरियाका अग्रज भिक्षु छासुङ्ग सहितका धर्मगुरु र तीर्थयात्री लुम्बिनी आएका हुन्।
कोरियाली बौद्ध भिक्षु भिक्षुणी र तीर्थयात्रीहरूलाई रुपन्देही निर्वाचन क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तय), लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमान लगायतले पैदलयात्रीहरूलाई बुद्धजन्मस्लमा खादा ओढाएर स्वागत गरे ।
घिमिरेले लामो यात्रा गरेर बुद्धजन्मस्ल लुम्बिनी आएका बौद्ध भिक्षुसहित टोलीलाई स्वागत गर्दै नेपाल र दक्षिण कोरियाबीच सम्बन्ध थप प्रगाढ बनेको बताए ।
नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकले धर्मगुरुसहित तीर्थयात्रीहरूलाई बुद्धजन्मस्थल मायोदवी प्राङगणमा स्वागत गर्न पाउदा खुशी लागेको बताए ।
उनले फागुन महिना भगवान गौतमबुद्धको जीवनमा निकै ठूलो महत्वको महिना भएको बताउँदै यही महिनामा बुद्धमार्गलाई पछ्याउँदै एक हजार किमिको दूरी पूरा गरी कष्टका साथ लुम्बिनी आइपुग्नु बौद्धमार्गीहरूका लागि खुशीको क्षण रहेको बताए ।
भारतस्थित बोधगया, शारनाथ, कुशीनगर हुँदै पैदलयात्रीहरू लुम्बिनी आइपुगेका हुन् ।
मायादेवी मन्दिरभित्र रहेको बुद्धजन्मस्मारक (मार्कर स्टोन), पवित्र पुस्करणी ताल, अशोक स्तम्भको अवलोकनसँगै मायादेवी प्राङ्गणमा विश्वशान्तिको कामना गर्दै अग्रज भिक्षु भिक्षु छासुङ्गले प्रवचन दिएका थिए ।
लुम्बिनीमा पछिल्लो समय बौद्ध देशहरूबाट बौद्धधर्मगुरु र तीर्थयात्रीहरूको ठूला समूह बुद्धजन्मस्थल लुम्बिनी आउने क्रम बढेको र यसले कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रलाई ऊर्जा थपेको कोषका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए ।
लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण पर्वतमा बर्खेबाली रोपाइँ प्रभावित भएको छ । यतिबेला धमाधम कोदो र धान रोपाइँ शुरू हुने बेला भए पनि वर्षा नभएका कारण कृषकले रोपाइँ गर्न पाएका छैनन् । विगत...
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सरकारको बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न नसक्ने टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले सरकारले प्रस्तुत गरेको बजेटले आर्...
लागुपदार्थ सेवनगरी मोटरसाइकल चलाउने पाँच जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ललितपुरको बाँडेगाउँमा शुक्रवार गरिएको चेकिङका क्रममा मापसे गरेका उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको ...
गर्मी मौसम शुरू भएसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गर्मी मौसममा बाघ पानी पिउन आइरहने हुँदा बाघ सजिलै देख्न सकिने निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाह...
दुई दिनअघि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा मापन भएको देशकै सबैभन्दा बढी तापक्रम आज पुनः ‘ब्रेक’ भएको छ । जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको...
निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेजको प्रस्तावलगायत विषयमा राजनीतिक दलसँग परामर्श गरेको छ । आयोगले निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयक, स्थानीय तहमार्फत मतदाता नामावली सङ्कलन प्रारम्भ, विदेशमा रहेका ने...
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसमा खतरनाक अपराधमा मुछिएका १९ जनालाई आममाफी दिए । ४८२ जनाको कैद मिनाहा गरिदिए । तर, गाँजाकाण्डमा मुछिएका एक जनाले यो सुविधा पाएनन् । वर्षौंदेखि गाँजा मुद्दामा मुछिएका...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...