२७ असार २०८३, शनिबार

राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा चालिसे

फागुन ३०, २०७९
राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा चालिसे

राष्ट्रपति रामचन्द्र पौडेलकोे प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा सुरेशचन्द्र चालिसे नियुक्त भएका छन् ।

राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा डा चालिसेलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । डा चालिसे पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको परराष्ट्र सल्लाहकार भएका थिए । उनी नेपालका लागि अमेरिका र बेलायतका पूर्वराजदूतसमेत हुन् ।

त्यसैगरी राष्ट्रपति पौडेलको निजी सचिवमा चिरञ्जीवी अधिकारी नियुक्त भएका छन्। उनी लामो समयदेखि पौडेलको स्वकीय सचिवका रूपमा कार्यरत छन् । तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित पौडेल यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले सोमबार राष्ट्रपति पदको शपथ लिएक थिए । 

salt training

कमेन्ट गर्नुहोस्