१७ असार २०८३, बुधबार

छाडा गाईको संरक्षणमा जुटेका नरबहादुर

छाडा गाईको संरक्षणमा जुटेका नरबहादुर

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–३ का नरबहादुर सुनार स्थानीय छाडा गाईको संरक्षणमा लागेका छन् ।

करीब १ दशकअघिदेखि स्थानीय प्रजातिका छाडा गाईको संरक्षणमा लागेका सुनारको दिनचर्या गौशालामा रहेका गाईको स्याहारसुसार र रेखदेखमा बित्ने गरेको छ ।

सुनारले २०६८ सालमा २ छाडा गाई राखेर संरक्षण अभियान शुरू गरेकोमा अहिले गौशालामा ८५ गाई छन् । सुनार एक्लैले गौशालामा गाईको रेखदेख गर्दै आएका छन् । बजार क्षेत्रमा स्थानीयले छाडारूपमा छाडेका गाई गौशालामा राख्ने गरिएको उनले बताए ।

स्थानीय गाईको संख्या कम हुँदै गएकाले समेत यसको संरक्षण गर्नुपर्छ भनेर आफू लागेको सुनारको भनाइ छ ।
 
शुरूआतमा आफू एक्लैले पहल गरेको भए पनि हाल स्थानीयस्तरमा यसको संरक्षणमा आवश्यक सहयोग हुँदैआएको सुनारले बताए । दानाका लागि चापट, पराल स्थानीयस्तरबाटै सहयोग हुने गरेको छ ।

‘शुरूमा एक्लै लागे, गाई पनि थोरै थिए, अहिले गाई धेरै छन्, दाताले दाना, परालका लागि बेलाबेलामा सहयोग गर्दैआएका छन्,’ उनले भने ।
 
धार्मिक दृष्टिकोणबाट गाईको महत्त्व हुने र स्थानीय जातको गाई लोप हुँदै जान थालेपछि यसको संरक्षण गर्नुपर्छ भनेर अभियान थालिएको हो । गाई संरक्षणबाट कृषि पेशामा लाभ मिलेको छ । प्रांगारिक मल उत्पादन हुँदा यसको प्रयोगले कृषि उत्पादन बढाउन सहज भएको सुनारले बताए । प्रांगारिक मल अभाव हुँदा रासायनिक मल प्रयोग गर्ने चलन छ । यसले माटोलाई बिगार्दै जाँदा क्रमशः उत्पादनमा ह्रास आउँछ ।

गौशालामा उत्पादन भएको प्राङगारिक मल कृषकले लैजाने गरका छन् । ‘हामीले मल बिक्री गर्दैनौं तर कृषकले पराल ल्याउनुहन्ुछ, सोहीअनुसार मल लैजाने गर्नुहुन्छ, कृषि उत्पादन बढाउन समेत यसले सहयोग पुगेको छ,’ सुनारले भने ।

salt training

कमेन्ट गर्नुहोस्