१२ असार २०८३, शुक्रबार

हेटौंडामा गाडीको ठक्करबाट महिलाको मृत्यु

हेटौंडामा गाडीको ठक्करबाट महिलाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा बुधवार बिहान गाडीको ठक्करबाट १ महिलाको मृत्यु भएको छ ।

बिहान ५ः५० बजेको समयमा नवलपुरतर्फबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश०३–००१च ६९४३ नम्बरको हात्ती गाडीले ठक्कर दिँदा पैदलयात्री हाल नाम, थर, वतन नखुलेको अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार गाडीको ठक्करबाट गम्भीर घाइते भएकी ती महिलालाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

महिलाको शव हाल हेटौंडा अस्पतालमा राखिएको र घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्