जेठ २१, २०८०
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । स्थानीय श्रीमान् लिम्बूको घर आगलागीले जलेर नष्ट भएको हो । आज दिउँसो घरमा कोही नभएको समयमा भएको आगलागीबाट टिनको ...
सिस्ने शिक्षा क्याम्पसमा बीएड दोस्रो वर्षमा अध्ययनरत पूर्णिमा बुढाथोकी बिहान क्याम्पसको अध्ययन सकेर ठीक १० बजे जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको नागरिक सहायता कक्षमा देखिन्छिन् । उनी बिहानीको समयमा पढाइ सकाएर कानूनी सहायता कक्षमा गई सेवा गर्छिन् ।
जिल्ला प्रशासन कार्यालयसम्म विभिन्न काम लिएर पुग्ने सेवाग्राहीलाई समस्या नपरोस् भनेर बुढाथोकीले सहजीकरणको भूमिका खेलिरहेकी छन् ।
बुढाथोकीसँगै बीएड प्रथम वर्षमा अध्ययनरत पवित्रा बुढा पनि बिहानको पढाइ सकाएर दिनभर नागरिक सहायता कक्षमै गएर प्रशासनमा आउने सेवाग्राहीलाई सेवा दिन्छिन् । उनीहरू दुवै जनाको यो काम १ सातासम्म चलिरहने छ । फेरि अर्को हप्ता यही कक्षमा क्याम्पसका नयाँ २ अनुहार देखिने छन् ।
विक्रम संवत् २०७९ फागुन १० गते जिल्ला प्रशासन कार्यालयले नागरिक सहायता कक्ष स्थापना गरेर सेवा प्रवाहलाई थप सहज बनाउने प्रयास गरेको छ । सिस्ने गाउँपालिका–५ मा अवस्थित जिल्लाको एक मात्र क्याम्पस सिस्ने शिक्षा क्याम्पससँगको सहकार्यमा अहिले नागरिक सहायता कक्ष सञ्चालनमा छ ।
सहायता कक्षमा विद्यार्थीले स्वयंसेवकका रूपमा काम गर्दै आएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा विभिन्न काम लिएर कोही दर्जनौंपटक पुगिसकेका हुन्छन् भने कोही पहिलोपटक पुगेका हुन्छन् । पहिलोपटक प्रशासन कार्यालयसम्म पुगेकालाई कुन कोठामा जाँदा के सेवा पाइन्छ भन्ने थाहा हुँदैन । सेवा लिने क्रममा उनीहरूले प्रक्रिया के हुन्छ भनेर राम्रोसँग बुझेका हुँदैनन् । त्यस्ता नागरिकलाई सेवा प्रक्रिया र कुन कोठामा जाँदा के सेवा पाइन्छ भनेर जानकारी गराउने काम अहिले नागरिक सहायता कक्षबाट भइरहेको छ । यसबाट सेवाग्राहीलाई धेरै सहज भएको छ ।
पुथा उत्तरगंगा गाउँपालिका–१४ का रमन विकले नागरिक सहायता कक्ष र यसबाट नागरिकलाई पर्न गएको सुविधाको मात्र नभई पछिल्लो समयमा फेरिएको जिल्ला प्रशासन कार्यालयको स्वरूप र यहाँको नेतृत्वको प्रशंसा गरे । नागरिक सहायता कक्षबाट सेवा प्रवाह हुन थालेपछि विभिन्न कामका लागि प्रशासन कार्यालयसम्म पुग्नेलाई सहज भएको विकको भनाइ छ ।
अर्का सेवाग्राही शर्मिला बुढामगरले हातमा कागजात समाएर यो सिफारिस लिएर कहाँ जाने हो भनेर सोध्दै गर्दा कार्यालय परिसरमै भएको १ जनाले नागरिक सहायता कक्षमा जानु भनेर सिकाए । भूमे गाउँपालिका–१ का वडाध्यक्ष मनकाजी पुनले नागरिक सहायता कक्षले अलमलमा परेका नागरिकलाई सिकाइदिने र यसले उनीहरूको समय बचत हुने बताए । उनी भन्छन्, ‘जिल्ला प्रशासनमा राम्रो कामको शुरूआत भएको छ । यसले पछिसम्म निरन्तरता पाए धेरै सहज हुनेछ ।’
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । स्थानीय श्रीमान् लिम्बूको घर आगलागीले जलेर नष्ट भएको हो । आज दिउँसो घरमा कोही नभएको समयमा भएको आगलागीबाट टिनको ...
मदकपदार्थ सेवन गरेर नशामा लिप्त भएका धनगढी उपमहानगरपालिका–३ का वीरबहादुर विष्टले आफ्नै पक्की घरमा आगो लगाएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार घरको बीच कोठामा निज वि...
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आधुनिक हुनु भनेको पहिचान छोडेर यान्त्रिक नक्कल गर्नु नभएको बताएका छन् । आज ललितपुर महानगरपालिका–२१ को आयोजनामा ऐतिहासिक एवं सांस्कृतिक रुद्रायणी...
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । प्रदेशसभामा प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । ‘समृद्ध कर्णाली, सुखारी कर्ण...
जिल्ला अदालत काठमाडौँमा नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तको थुनछेक बहस सुरु भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बसहमा आज जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट बहस ...
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमा...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...