०३ साउन २०८३, आइतबार

एक दिन पनि संसद् बैठकमा नबस्ने सांसदलाई गरियो निष्काशन

चैत १, २०७९
एक दिन पनि संसद् बैठकमा नबस्ने सांसदलाई गरियो निष्काशन

सेलेब्रिटीहरूको गसिपका विषयमा भिडियो बनाउने युट्युबरबाट सांसद बनेका जापानका एक नेतालाई एक दिन पनि बैठकमा उपस्थित नभएको भन्दै निष्काशन गरिएको छ । 

जापानको ७० वर्षभन्दा बढीको संसदीय अभ्यासमा निष्काशित हुने उनी पहिलो सांसद हुन् ।

गासी भनेर चिनिने योशिकाजु हिगाशितानीलाई मार्च महिनाको आरम्भमा अनुपस्थितिका लागि माफी माग्न निर्देशन दिइएको थियो । 

तर सेइजिका जोशी ४८ नामक सानो दलका सांसद हिगाशितानी त्यस संसदीय सत्रमा पनि उपस्थित भएनन् । 

सन् २०२२ को जुलाई महिनामा भएको निर्वाचनपछि हिगाशितानीले एकपटक पनि हाउस अफ काउन्सिलर्समा पाइला राखेका छैनन् । 

उनी दुबईमा रहेको आफ्नो घरमा बसिरहेका छन् । जापान आउँदा आफू पक्राउ पर्ने भएकाले नआएको उनको जिकिर छ । जापानमा उनीविरुद्ध मानहानिको मुद्दा चलिरहेको छ । 

जापानी संसद्को माथिल्लो सदनले मंगलवार उनलाई निष्काशन गर्ने निर्णय लिएको हो । 

बुधवार उक्त निष्काशनलाई आधिकारिक बनाइएको हो । 

उनकै दलका अर्का सदस्यलाई सांसद बनाइने भएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्