०६ साउन २०८३, बुधबार
राष्ट्रपतिको तस्वीर परिवर्तन

फेरियो राष्ट्रपतिको औपचारिक तस्वीर, गालाको कोठी फिर्ता !

फेरियो राष्ट्रपतिको औपचारिक तस्वीर, गालाको कोठी फिर्ता !
सम्पादन गरिएको तस्वीर बायाँ र वास्तविक तस्वीर दायाँ

चौतर्फी आलोचना भएपछि राष्ट्रपति कार्यालयको 'बेवसाइट'मा राष्ट्रपति रामचन्द्र पौडेलको तस्वीर परिवर्तन गरिएको छ ।

राष्ट्रपति कार्यालयले बुधवार पौडेलको नयाँ तस्वीर 'अपडेट' गरेको हो । यसपटकको तस्वीर वास्तविक देखिएको छ ।

फेरिएको तस्वीर

पहिलोपटक सार्वजनिक गरिएको 'औपचारिक तस्वीर'मा अनावश्यक सम्पादन गरिएको सम्बन्धी समाचार लोकान्तर डट्कमले प्रकाशित गरेको थियो ।

त्यसपछि सामाजिक सञ्जालदेखि विभिन्न मिडियामा यसबारे चर्चा र आलोचना भएको थियो ।

उक्त तस्वीरमा राष्ट्रपति पौडेलको अनुहारको कोठी हटाइएको थियो भने अनुहारमा देखिने वृद्धाबस्थाका निशानहरूलाई पनि मेटाइएको थियो ।

कमेन्ट गर्नुहोस्